संकटग्रस्त उद्योगका लागि जर्मनीले बिजुलीको मूल्यमा राहत दिँदै

हिमाल प्रेस २३ कार्तिक २०८० २१:०८
6
SHARES
संकटग्रस्त उद्योगका लागि जर्मनीले बिजुलीको मूल्यमा राहत दिँदै

बर्लिन- जर्मनीले बिहीबार निर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित राहत प्याकेजको घोषणा गरेको छ। बर्लिनले कोभिड महामारी र युक्रेन युद्धका कारण निकै प्रभावित बनेको अर्थव्यवस्थालाई गति दिन जर्मनीले उक्त प्याकेज घोषणा गरेको हो।

आर्थिक विश्लेषकहरूले यस वर्षको अन्त्यसम्ममा जर्मनीले व्यापक मन्दीको सामना गर्ने अनुमान गरेका छन्। चान्सलर ओलाफ स्कोल्जले राहत कार्यक्रमबारे सरकार अर्थतन्त्र सुधारका लागि धराशायी बनेका उद्यमहरूलाई प्रोत्साहन गर्न तत्पर रहेका बताएका छन्।

यसका लागि, आगामी वर्षमा मात्रै राहत १२ अर्ब युरो (१२.८ अर्ब अमेरिकी डलर) पुग्ने उनको भनाइ छ। सन् २०२४ र सन् २०२५ मा उत्पादन क्षेत्रका लागि विद्युत कर हालको १.५३७ सेन्ट प्रतिकिलोवाटबाट घटाएर ईयूको न्यूनतम ०.०५ सेन्ट प्रतिकिलोवाटमा झारिने सरकारको पछिल्लो घोषणामा उल्लेख छ। रासस/एएफपी

प्रकाशित: २३ कार्तिक २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =