पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु

हिमाल प्रेस २४ वैशाख २०८१ ७:२४
8
SHARES
पम्पबाट पानी तान्दा करेन्ट लागेर युवतीको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका-६ स्थित साँखुमा एक युवतीको मृत्यु भएको छ।

पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका ६ सिपाघाट की ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको हो।

विद्युत् सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २४ वैशाख २०८१ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =