हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस ६ जेठ २०८१ ६:३५
4
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य यथावत छ। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो आज पनि सोही मूल्यमा धेरैजसो मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८९ पैसा थियो।

प्रकाशित: ६ जेठ २०८१ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =