दिनभर वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस ६ जेठ २०८१ ६:४०
12
SHARES
दिनभर वर्षाको सम्भावना छ : मौसम विभाग

काठमाडौँ- हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मधेस र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित: ६ जेठ २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =