कैलाली अदालतमा बयान दिएर फर्किए सांसद अरुण चौधरी

हिमाल प्रेस ३ फागुन २०७९ ११:४३
12
SHARES
कैलाली अदालतमा बयान दिएर फर्किए सांसद अरुण चौधरी

धनगढी- प्रतिनिधिसभा सदस्य अरुण चौधरीको बुधबार कैलाली जिल्ला अदालतले बयान लिएको छ।

बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीले कैलाली जिल्ला अदालतमा उपस्थित भई श्रव्यदृष्यबाट जिल्ला अदालत कैलालीमा बयान दिएका हुन्।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको अभियोगकको मुद्दामा चौधरी जिल्ला कारागार कैलालीमा थुनामा छन्।

१९ माघमा बाँकेबाट पक्राउ गरेका, कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाइको माग गर्दै माघ २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो।

२९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो।

प्रकाशित: ३ फागुन २०७९ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =