अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

हिमाल प्रेस २९ माघ २०७९ २१:२४
6
SHARES
अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

धनगढी– नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सदस्य रहेका अरुण चौधरीको रिटमा उच्च अदालत दिपायलले लिखित आदेश पेस गर्न आदेश दिएको छ। उच्च अदालतले सरकारी वकिल कार्यालय कैलालीलाई लिखित जवाफ दिन आदेश दिएको हो।

आइतबार न्यायाधीश देशबहादुर सार्कीको इजलासले जिल्ला सरकारी वकिल कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको बताइएको छ। ‘के कसो भएको हो? निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवम् प्रमाण भए सोसमेत खुलाई प्रमाणसहित फागुन ३ गतेका दिन ११ बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत् लिखित जवाफ पेस गर्नू’आदेशमा भनिएको छ।

यस्तै कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन पनि भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =