बाँसबारी छालाजुत्ता प्रकरण : अरुण चौधरीसहित तीनै जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस २२ माघ २०८० १८:०१
22
SHARES
बाँसबारी छालाजुत्ता प्रकरण : अरुण चौधरीसहित तीनै जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति फाइल तस्बिर

काठमाडौँ- बासँबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी ग्रुपका व्यवसायी अरुणकुमार चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।

चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र चौधरी ग्रुपकै चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो सीआईबीले चौधरीसहितलाई गत माघ १८ पक्राउ गरी अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको थियो। चार दिनको म्याद सकिएपछि आज पुन: तीन दिनको म्याद थप भएको हो।

सीआईबीले उनीहरूविरूद्ध लिखत किर्ते र ठगी मुद्दामा अनुसन्धान गर्दैछ। अहिले तीनैजनासँग सीआईबीले सरकारी वकिल कार्यालयका प्रतिनिधिको रोहबरमा बयान लिइरहेको छ।

अहिले उनीहरू प्रहरी थुनामा नभई प्रहरीकै निगरानीमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा छन्। अनुसन्धानको क्रममा चौधरीले इन्कारी बयान दिइरहेको प्रहरीले बताएको छ। चौधरीले आफूले गैरकानुनी तबरले सरकारी जग्गा नलिएको र गलत भएको भए आफ्नो नाममा भएको जग्गा तत्कालै फिर्ता गर्न आफू तयार भएको पनि बताएका छन्।

बाँसबारी छालाजुत्ता प्रकरण : व्यवसायी अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्ने तयारीमा सीआईबी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =