इटहरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

हिमाल प्रेस २८ माघ २०७९ ८:३२
4
SHARES
इटहरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

इटहरी- इटहरीमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ६ स्थित मुख्य चौकमै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५५३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम)को मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार दुर्घटनामा टाउको र कम्मरमा गम्भीर चोट लागेपछि उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।

उनका अुनसार उपचारको क्रममा दिउँसो ४ बजेतिर ताराको मृत्यु भएको हो । उनले भने, ‘हामीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेका छौँ ।’

ट्रक र ट्रक चालक मोरङको उर्लाबरी नगरपालिका २ बस्ने ४२ वर्षीय सुमन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अुनसन्धान सुरु गरेको छ ।

प्रकाशित: २८ माघ २०७९ ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =