वेष्ट इन्डिजसँग अन्तिम खेलमा सुखद नतिजा निकाल्ने योजनामा नेपाल

हिमाल प्रेस २२ वैशाख २०८१ ७:२२
32
SHARES
वेष्ट इन्डिजसँग अन्तिम खेलमा सुखद नतिजा निकाल्ने योजनामा नेपाल

काठमाडौँ- वेष्ट इन्डिज ‘ए’सँगको ५ खेलको टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजे सुरु हुनेछ।

पाँच खेलको टी-२० शृंखला वेष्ट इन्डिज ‘ए’ले अन्तिम खेल अगावै ३-१ ले जितिसकेको छ। शृंखलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगातार गुमायो।

गत शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रन र चौथो खेलमा वेष्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भयो।

 

प्रकाशित: २२ वैशाख २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =