वेष्ट इन्डिज ‘ए’ सँग तेस्रो टी-२० खेल खेल्दै नेपाल

हिमाल प्रेस १९ वैशाख २०८१ ७:०५
8
SHARES
वेष्ट इन्डिज ‘ए’ सँग तेस्रो टी-२० खेल खेल्दै नेपाल

काठमाडौँ- वेष्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी-२० खेल नेपालले आज खेल्दैछ।

खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।

नेपाल र वेष्ट इन्डिज ‘ए’ले यसअघि एकएक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो।

आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित भएको थियो।

नेपालले आईसीसी टी २० विश्वकपको तयारीस्वरूप वेष्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

प्रकाशित: १९ वैशाख २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =