हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २२ वैशाख २०८१ ६:५४
14
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो।

प्रकाशित: २२ वैशाख २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =