भीम रावलको प्रश्‍न- नागरिकता विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर के गर्न खोजिएको?

हिमाल प्रेस २१ माघ २०७९ १८:४७
12
SHARES
भीम रावलको प्रश्‍न- नागरिकता विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर के गर्न खोजिएको?

काठमाडौँ– कम्युनिस्ट नेता डा. भीम रावलले विपरीत सिद्धान्त भएका दलहरू मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको विडम्वना भएको बताएका छन्। शनिबार काठमाडौँमा रतन भण्डारीको पुस्तक ’द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

अहिलेको सरकारमा विपरीत सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरू एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको विडम्वना भएको रावलको भनाइ छ।

राष्ट्रिय राजनीतिलाई सिद्धान्तविपरीत अघि बढाउन खोज्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ कसैले पनि जवाफ दिन नसकेको उनले जिकिर गरे। निजी विद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो? भन्दै उनले प्रश्न गरे।

प्रकाशित: २१ माघ २०७९ १८:४७

प्रतिक्रिया

One thought on “भीम रावलको प्रश्‍न- नागरिकता विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर के गर्न खोजिएको?

  1. रबि भौवानको कालो कर्तुत २-४ थान अराजक भेडाको झुण्डको त के कुरा ३३ कोटी देबी-देवताले पनि राष्ट्रघाती फौदारी आसु ब्यापारी बोकालाई बचाउन सक्दैनन, नागरिकता र पासपोर्ट जस्ता जघन्य अपराध बोकेका रबिको ढोक्सा भरिने छैन । मतलब नयाँ जोगिले ढोक्सा हटायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =