गुजरातसँगको जितले बैंगलुरुको अन्तिम ४ मा पुग्ने सम्भावना कायमै

हिमाल प्रेस २३ वैशाख २०८१ ७:४३
20
SHARES
गुजरातसँगको जितले बैंगलुरुको अन्तिम ४ मा पुग्ने सम्भावना कायमै

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो।

बैंगलुरुले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो।

बैंगलुरुका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए। विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए।

दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे।

शनिबारको खेलमा बैंगलुरुको मध्यक्रमको ब्याटिङ चलेन। विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। फिनिसर दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहँदा बैंग्लोरलाई जित दिलाए।

बलिङतर्फ जोश लिटलले ४ विकेट लिए। नुर अहमदले २ विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए।

बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने।

जितसँगै बैंगलुरुको ८ अंक भएको छ। बैंगलुरुले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ। गुजरातलाई हराएर बैंग्लोर अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =