प्रिमियर लिग : सिटी र आर्सनल दुवैको जितले रोचक बन्यो उपाधि होड

हिमाल प्रेस २३ वैशाख २०८१ ७:२३
12
SHARES
प्रिमियर लिग : सिटी र आर्सनल दुवैको जितले रोचक बन्यो उपाधि होड

काठमाडौँ- इङ्लिस प्रिमियर लिगको उपाधिको दाबेदार दुई टिमले जित निकालेसँगै उपाधि होड अझै रोचक बनेको छ। शनिबार राति म्यानचेस्टर सिटीले उल्भसमाथि जित निकाल्यो भने आर्सनलले बर्नमाउथमाथि जित निकाल्यौ।

सिटीको जितका लागि स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल गरेका थिए।

घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो। जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा उनले नै अग्रता दोब्बर बनाए रोड्रीको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै हालान्डले सिटीलाई दुई गोलको अग्रता दिलाए। यस्तै पहिलो हाफको अन्त्यतिर नेल्सन सेमेडोले गरेको फाउलपछि पाएको पेनाल्टीमा पुनः गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गरे।

५३औं मिनेटमा ह्वांग हि-चानले वल्भसका लागि एक गोल फर्काए। तर त्यस गोलले सिटीलाई थप गोल गर्नबाट रोक्न सकेन ।

५४औं मिनेटमा फिल फोडेनको पासमा हालान्डले व्यक्तिगत चौथो गोल गरे। ८५औं मिनेटमा जुलियन अल्भारेजले सिटीको पाँचौं गोल गरे।

जित सँगै ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ। बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो साकाले खेलमा आर्सनललाई अग्रता दिलाएका थिए।

७०औं मिनेटमा आर्सनलले अग्रता दोब्बर गर्‍यो। डेकलान राइसको पासमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाए।

दोस्रो गोलमा असिस्ट गरेका राइसले इन्ज्युरी समयको सातौं मिनेटमा तेस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।

प्रकाशित: २३ वैशाख २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =