प्रिमियर लिग : एभर्टनसँगको हारले लिभरपुललाई उपाधिमा धक्का, आर्सनललाई राहत

हिमाल प्रेस १३ वैशाख २०८१ ७:१६
16
SHARES
प्रिमियर लिग : एभर्टनसँगको हारले लिभरपुललाई उपाधिमा धक्का, आर्सनललाई राहत

काठमाडौँ- इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग लिभरपुलले हार व्यहोरेको छ। बुधबार राति भएको घरेलु टोली एभर्टनले उपाधि सम्भावना कायम राखेको लिभरपुललाई २–० ले हराएको हो।

यो हारपछि लिभरपुलको उपाधि सम्भावना कम छ। लिभरपुलको हारसँगै उपाधि दौडमा रहेको आर्सनल तीन अंकको अग्रता बनाएको छ। दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ।

आर्सनल ३४ खेलबाट ७७ र लिभरपुलको ७४ अंक छ। सिटीले बाँकी दुबै खेल जितेको अवस्थामा शीर्ष स्थानमा उक्लनेछ।

जितले एभर्टनले भने रेलिगेशन डर समाप्त गरेको छ। ३४ खेल खेलेको एभर्टन ३३ अंकसहित १६औं स्थानमा छ। एभर्टनले घरेलु मैदानमा लिभरपुललाई सन् २०१० पछि हराएको हो।

एभर्टनले २७औं मिनेटमा अग्रता बनायो। जेराड ब्रान्थवेटले गोल गरेका हुन्। पहिलो हाफमा एक गोल गरेको एभर्टनले दोस्रो हाफमा एक गोल थप्यो। ५८औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले दोस्रो गोल गर्दै सहज जित दिलाएका हुन्।

प्रकाशित: १३ वैशाख २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + five =