गगन थापा भन्छन् : आचार्यको आत्मदाह घटना राज्य संयन्त्र र समग्र सिस्टमको असफलता हो

हिमाल प्रेस ११ माघ २०७९ १९:५४
114
SHARES
गगन थापा भन्छन् : आचार्यको आत्मदाह घटना  राज्य संयन्त्र र समग्र सिस्टमको असफलता हो फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले संसद्‌ भवन अगाडि भएको इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह घटना राज्य संयन्त्र नै असफल भएको देखिएको बताएका छन्।  बुधबार साँझ सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताएका हुन्।
‘घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक–पटक घोचीरहेको छ,’ उनले भनेका छन्,’ यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि! फेरि सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो।’
उनले एउटा पक्षको सामान्य मर्मतले मात्रै समग्र सिस्टम ठीक नहुने पनि बताएका छन्। आचार्यले उठाएका विषयलाई सम्बोधन गर्न आफू निरन्तर लागिरहने अठोट गर्न सकेमात्रै नागरिकले निराशा भोग्नु नपर्ने थापाको भनाइ छ।
‘कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ,’ उनले थप भनेका छन्, ‘अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला।’

यो पनि 

संसद् भवन अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

प्रेम आचार्यको उपचार खर्च नलिने कीर्तिपुर अस्पतालको घोषणा

संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु

आचार्यको मृत्युमा म पनि दोषी छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

आत्मदाह गरेका आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

 

 

प्रकाशित: ११ माघ २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =