गगन भन्छन् : कांग्रेस कार्यकर्ताले रूखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ

हिमाल प्रेस ८ फागुन २०८० १७:३०
20
SHARES
गगन भन्छन् : कांग्रेस कार्यकर्ताले रूखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले आगामी चुनावमा रूख चिह्नमै मतदान गर्ने वातावरण सुनिश्चित गर्ने बताएका छन्।

जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले आगामी चुनाव  कांग्रेस आफ्नै ताकतमा एक्लै लड्ने र कार्यकर्ताले रूख चिह्नमै मतदान गर्न पाउने वातावरण हुने बताए।

एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचनअगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको थापाको प्रतिवेदनमा उल्लेख छ।

‘गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौताबमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ’, थापाको प्रतिवेदनमा उल्लेख छ।

उनले कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक रहे पनि निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गरिएको उनले उल्लेख गरेका छन्।

थापाको प्रतिवेदनमा उल्लखे छ,‘नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ।’

आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने प्रतिबद्धता महामन्त्री थापाको छ।

उनले उल्लेख गरेका छन्,‘आदर्शका लागि जीवनपर्यन्त कठोर संघर्ष गरेका, प्राण आहूती दिएका अथक योद्धाहरूले जन्माएको पार्टी नेपाली कांग्रेसले कुनै पनि निर्णय गर्दा तिनै अग्रजहरूको बलिदानलाई स्मरण गर्दै तत्काल कुनै अप्ठ्यारा र चुनौती आए पनि वा पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गर्ने छैनौँ।’

सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने गगनको प्रस्ताव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =