कांग्रेसले पार्टीकै भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछ : गगन थापा

हिमाल प्रेस १० फागुन २०८० १९:०४
8
SHARES
कांग्रेसले पार्टीकै भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछ : गगन थापा

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारीलाई कांग्रेसको वरिपरि राख्नै नहुने बताएका छन्। पार्टीको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएकालाई कांग्रेसको वरिपरि नराखे पार्टीको शक्ति आफैँ बढ्ने बताएका हुन्।

‘भ्रष्टाचारमा मुछिएकोलाई कांग्रेसले वरिपरि राख्दिन भन्नुपर्छ,’ उनले भने , ‘त्यसपछि हाम्रो शक्ति आफैँ बढ्छ।’ थापाले सरकारमा गएर पनि काम गर्न नसक्ने मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने पनि बताए।

‘काम गर्न नसकेको मन्त्रीलाई विश्राम दिउँ, फिर्ता बोलाउँ,’ उनले भने,  ‘भ्रष्टाचारी नेतालाई पाता कसेर लडाउँछौँ। तपाईंहरू संगठन निर्माणमा ध्यान दिनू, कांग्रेसले यो यो गर्‍यो भनेर जनतालाई सुनाउनू।’

उनले पार्टी एक्लै चुनाव लड्न सक्ने विषयमा पनि प्रष्ट पारे। ‘कांग्रेस एक्लै लड्न सक्छ भन्ने हुति राखेर यो हलबाट बाहिर जाने हो। पार्टीभित्र न्याय र सम्मान होस् भन्नु भएको छ। हामीलाई जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले देशको सबै समस्या समाधान गरोस् भनेर तपाईंहरूले भन्नु भएको छ। बीपीले भन्नु भएको थियो। इतिहासले गौरव दिए जिम्मेवारी पनि लिनुपर्छ। हामी त्यो लिन तयार छौँ। हाम्रो इतिहासप्रति गौरव पनि छ।’

नेताको नाममा सहकारीबाट ठग्नेलाई कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्ने उनले बताए। उनले २०८४ मा सरकारमा जाने कुरा नभई पार्टी अहिले नै सरकारमा रहेको र यो बेला गरेको काम लिएर चुनावमा जानुपर्ने बताए।

‘हामी २०८४ मा सरकारमा जान्छौँ होइन। अहिलेनै सरकारमा छौँ। अहिले गरेका काम देखाएर झन् बढी मत ल्यायौँ फेरि सरकारमा जाउँ,’ उनले भने, ‘२०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन होस् भनेर संसद्‌मा कांग्रेसले पेस गर्नुपर्ने छ।’

प्रकाशित: १० फागुन २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =