शिक्षा विधेयकमा अभिभावकको सहभागिता बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी छ : गगन थापा

हिमाल प्रेस १९ चैत २०८० १६:५१
962
SHARES
शिक्षा विधेयकमा अभिभावकको सहभागिता बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलीयकरण हुन नदिन विशेष छलफल गर्न जरुरी रहेको बताएका छन्।

आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताए।

उनले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको बताए। उनले अभिभावकलाई राजनीतिक दलहरूले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे। सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको उनले बताए।

महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित: १९ चैत २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =