प्रतीकात्मक तस्बिर।
काठमाडौँ- अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ।
विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।
बाढीपहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ। प्रहरीले ४०७ जनाको उद्धार गरेको छ।
प्रकाशित: १० असोज २०८३ २०:४१ | Saturday, September 26, 2026
प्रतिक्रिया



