सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

हिमाल प्रेस २६ कार्तिक २०८३ १७:५७ | Thursday, November 12, 2026
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी- पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।

सो सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सडक माथिबाट बुधबार बेलुकी सुक्खा पहिरो खसेको थियो।

सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुुपिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरीचौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो।

सडक सञ्चालनमा आएसँगै तिहार मनाउन गाउँमा आएका र रुद्रवेणी‐पूर्तिघाट सडकखण्डमा रोकिएका सवारी साधन आआफ्नो गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने सवारी साधन तथा यात्रु थप समस्यामा परेका थिए।

कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८३ १७:५७ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast