दाङ : एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १० माघ २०७९ ८:२५
2
SHARE
दाङ : एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सांकेतिक तस्बिर।

दाङ- दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा लगिएलगत्तै डाक्टरले मृत घोषणा गरेका हुन्।

रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका- २ निवासी २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए।

प्रकाशित: १० माघ २०७९ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =