कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमाल प्रेस ७ माघ २०७९ १४:५०
4
SHARES
कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु सांकेतिक तस्बिर।

कपिलवस्तु– कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका-६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन-३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु. १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो। लु. ४ त ५४११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए।

बसमा सवार ६ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन्। बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित: ७ माघ २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =