कपिलबस्तु दुर्घटना अपडेट : मृतक र घाइते सबैको सनाखत [विवरणसहित]

हिमाल प्रेस ३ फागुन २०८० १०:०१
146
SHARES
कपिलबस्तु दुर्घटना अपडेट : मृतक र घाइते सबैको सनाखत [विवरणसहित] दुर्घटनाग्रस्त बस

लुम्बिनी- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै भएको बस दुर्घटनाका सबै मृतकहरुको सनाखत भएको छ।

मृतकमध्ये ७ जना पुरुष र ३ महिना छन्। सुनौलो महाकाली यातायातले सन्चालन गरेको सु प ९ प्र९०२९००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।

दुर्घटनाबाट ३० जना घाइते भएको छन्। घाइतेहरूको बुटवल र कपिलबस्तुमा उपचार भइरहेको छ. ल्ला प्रहरी कार्यालय कपिलबस्तुले दिएको जानकारी अनुसार मृतक सबैको सनाखत भएके हो।

मृतकहरुको नामावली
१. रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी
२. सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत ४१ बर्षका अर्जुन कुमार योगि
३. भारत उत्तरप्रदेश मुरदाबादका बर्ष ५५ का सकिल मुसलमान
४. महेन्द्रनगर १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी
५. भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी
६. भिमदत्त नगरपालिका १६ कन्चनपुर सन्जु थापा
७. भिमदत्त नगरपालिका, कञ्चनपुर निवासि बर्ष २७ की खगेश्वरी खाती
८. भिमदत्त नगरपालिका २ कञ्चनपुर निवासी बर्ष २२ का सुदीप भट्ट
९. पुर्नवास ९ बिसफाटा कञ्चनपुरका अन्दाजी ७० बर्षकी विमलादेवी भट्ट
१०. पुर्नवास ९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० बर्षका विशनदत्त भट्ट

कपिलवस्तु प्रहरीले उपलब्ध गराएको घाइतेहरू विवरण र उपचारस्थल
बुटवल रुपन्देही रिफर भएका निम्न घाइतेहरू :
१. ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको.
२. बस चालक . कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द बायाँ खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको.
३. कैलाली वेलडाडी नपा-१ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनीमा उपचारपश्चात् चौराहा अस्पताल बुटवल रिफर गरेको.
४. बाँके राप्ति सुनारि गापा-२ वस्ने वर्ष २३ को सुशील कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल बुटवल रिफर गरेको.
५. गुल्मी मालिका गापा-७ बस्ने वर्ष २९ को अर्जुन कार्की निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल बुटवल रिफर गरेको.
६.  कन्चनपुर भिमद्त्त न.पा.-१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातीमा चोट अवस्था मध्यम चौराहा अस्पताल बुटवल रिफर गरेको.
७. सहचालक . कन्चनपुर महेन्द्रनगर न.पा.-१८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल बुटवल रिफर गरेको.
८. बैतडी मेनौलि न.पा. -१ बस्ने वर्ष २२ को राजेश दयाल टाउकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल बुटवल रिफर गरेको.
९. . कन्चनपुर महेन्द्र नगर नगरपालिका-१ वस्ने वर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल बुटवल रिफर गरेको.
चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेका घाइतेहरू:
१०.  गोरखा शहिद लखन गा.पा.-७ बस्ने वर्ष ३० को मनोज बिक बाहिरी चोट नदेखिएको अवस्था सामान्य सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको.
११. दार्चुला शैलेस शिखर न.पा.-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको.
१२.  कन्चनपुर भिमदत्त न.पा. १४ बस्ने वर्ष ३३ की गीता कुँवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको.
१३. निजको छोरा वर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको.
१४.  ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको.
१५. कन्चन्पुर शुक्ला फाटा न.पा. ११ बस्ने वर्ष ३१ को मोहनसिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको.
१६. काठ्मान्डौ काठ्मान्डौ महानगर पालिका- ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाती बायाँ हातमा चोट अवस्था मध्यम आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको, ऐ. अस्पतालमा उपचार भइरहेको.
१७. कन्चनपुर भिमदत्त न.पा. १६ बस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भइरहेको.
१८. ऐ.ऐ. १८ वस्ने वर्ष २८ को दीपेन्द्र बोहोरा दाहिने हात र निधारमा चोट अवस्था मध्यम.
१९.  कैलाली लम्किचुवा न.पा.-१ बस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खुट्टा र अनुहारमा चोट अवस्था मध्यम.
२०. कन्चनपुर भिमदत्त न.पा.-१८ बस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम.
२१. कैलाली गेरुवा गा.पा. ४ बस्ने वर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम.
२२. निजको श्रीमती वर्ष २७ की रेखा आचार्य शरीरको भित्री भागमा चोट अवस्था सामान्य.
२३. निजको छोरी वर्ष ३ की श्रीष्टि काफ्ले टाउकोमा चोट अवस्था सामान्य.
२४. देश भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहम्मद रिजन बायाँ खुट्टामा चोट अवस्था मध्यम आधारभुतमा उपचार भइरहेको.
२५. ऐ.ऐ. बस्ने वर्ष ५४ को अनिस मनियार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम.
२६. धादिङ सिप्ले गा.पा.(२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातीमा चोट अवस्था मध्यम.
२७. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने वर्ष २० को सुमन विष्ट अनुहार र ढाडमा चोट अवस्था गम्भीर.
२८. कन्चनपुर भिमदत्त न.पा. (१ वस्ने वर्ष २० को मनोजसिंह धामी निधारमा चोट अवस्था सामान्य.
२९. ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य.
३०.कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य.

प्रकाशित: ३ फागुन २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =