दुई पालिकाको मतगणना सकिँदा सुहाङ २ हजार २ सय ५७ मतान्तरले अगाडि

हिमाल प्रेस १७ वैशाख २०८१ ७:४०
12
SHARES
दुई पालिकाको मतगणना सकिँदा सुहाङ २ हजार २ सय ५७ मतान्तरले अगाडि डम्बर र सुहाङ

काठमाडौँ- इलाम २ मा हालसम्म दुई गाउँपालिकाको मतगणना सकिएको छ। अहिले सम्म फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निरन्तर अगाडि छन्।

उनी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का भन्दा २ हजार २ य ५७ मतान्तरले अघि छन्।

अहिलेसम्म सुहाङले ८ हजार ८८ मत प्राप्त गरेका छन् भने डम्बरले ५ हजार ८ सय ३१ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ४३० मत र चौथोमा रास्वपाका मिलन लिम्बुले १ हजार १ ९८ मत ल्याएका छन्।

अब माङ्सेबुङ गाउँपालिकाको मतगणना हुनेछ। जहाँ डकेन्द्रसिंह थेगिमको बाहुल्यता रहेको अनुमान छ।

प्रकाशित: १७ वैशाख २०८१ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =