बागमती सभ्यता समितिले दियो ललितपुर महानगरलाई संरचनाको जिम्मा

हिमाल प्रेस २ जेठ २०८१ १२:२५
4
SHARES
बागमती सभ्यता समितिले दियो ललितपुर महानगरलाई संरचनाको जिम्मा

ललितपुर- ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचना ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ।

समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा उक्त संरचना हस्तान्तरण गरेको हो। महानगरको वडा नं १, २, १० वडाको बागमती किरानाको दुई दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ।

संरचना हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा नगरप्रमुखको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको बागमती करिडोरमा संरचना निर्माण गरेकोमा समितिलाई धन्यवाद दिए। उनले भने, ‘ यो अब हाम्रो बेबी भयो, यसको टेक केयर हामी गर्छौ, संरक्षण गर्छौ।’

उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरको वडा नं १, २ , १० को बागमती किनारामा संरचना निर्माण गरेकोमा धन्यवाद दिइन्। हरियाली ललितपुर महानगरको पहिचान भएको बताउँदै उनले भनिन्, ‘त्यहाँ रहेका केही संरचना अलि भद्दा जस्तो देखिन्छ, तिनको व्यवस्थापन गर्नुपर्छ।’

एडीबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती संरचना निर्माण गरेको हो ।

प्रकाशित: २ जेठ २०८१ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =