शिवराज नगरपालिकाका प्रतिनिधिले बुझे ८ लाख ५० हजार अनुगमन भत्ता

हिमाल प्रेस ८ भदौ २०८० १५:३२
6
SHARES
शिवराज नगरपालिकाका प्रतिनिधिले बुझे ८ लाख ५० हजार अनुगमन भत्ता

कृष्णनगर- कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ८ लाख ५० हजार रुपैयाँ अनुगमन भत्ता बुझेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा ३६ कर्मचारी र प्रतिनिधिले अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको हो।

गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो। नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गरायो। नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले ६३ हजार ७५० बुझेको पाइएको छ।

नगरप्रमुख अजय थापा, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे, इन्जिनियर रामजी थापा नेपाली, लेखा अधिकृत रामचन्द्र मरासिनी र खरिदार प्रेम वलीले जनही ५१ हजार अनुगमन भत्ता बुझेका छन्।

त्यस्तै इन्जिनियर मोहन केसी र लेखापाल रीता खनालले जनही ४१ हजार ६५० अनुगमन भत्ता लिएका छन्। ओभरसेयर सरोज भुसाल र शिव पराजुलीले २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले २६ हजार ३५० र ओभरसेयर ताराप्रसाद भण्डारीले २४ हजार ६५० बुझेको नगरपालिकाले जानकारी दिएको छ।

यसैगरी ओभरसेयर अजय कुर्मीले २४ हजार ६५०, गुरुप्रसाद चौधरीले २२ हजार ९५० र अमिन रोशन नेपालीले २१ हजार २५० बुझेका छन्। वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले १५ हजार ३०० का दरले अनुगमन भत्ता लिएको पाइएको छ। वडाध्यक्ष नसिम अहमद खाँ र माहेताब आलम खाँले १२ हजार ७५० का दरले भत्ता बुझेका छन्।

वडाध्यक्ष रिजवान अहमद खाँले १४ हजार ४५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले ८ हजार ५०० का दरले भत्ता बुझेको नगरपालिाले जानकारी गराएको छ। वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले २१ हजार २५० अनुगमन भत्ता लिएका छन्। सूचना अधिकारी डिल्लीराज भट्टराईले ३८ हजार २५० र अधिकृत लक्ष्मी कँडेलले ८ हजार ५०० अनुगमन भत्ता बुझेको पाइएको छ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =