कपिलवस्तुमा नाइट बस दुर्घटना, ६ जना घाइते

हिमाल प्रेस १५ असार २०८० ८:३०
8
SHARES
कपिलवस्तुमा नाइट बस दुर्घटना, ६ जना घाइते

काठमाडौँ– कपिलवस्तुमा नाइट बस दुर्घटना हुँदा छ जना घाइते भएका छन्। शुक्रबार (आज) बिहान ५ बजे शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीन घलेले जानकारी दिए।

बझाङबाट काठमाडौँ आउँदै गरेको ना. ६ ख १३३९ नम्बरको नाइट बस दुर्घटना भएको हो।

घाइतेहरूमा ४ पुरूष र २ महिला छन्। साधारण घाइते भएका उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।

दुर्घटनापछि चालक भने फरार छन्। प्रहरीले सहचालकसँग दुर्घटनाबारे सोधपुछ गरेको र फरार रहेका चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०८० ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =