प्रदेश १ मा उपसभामुखको निर्वाचन पुस ३० मा

हिमाल प्रेस २९ पुष २०७९ ७:५५
4
SHARES
प्रदेश १ मा उपसभामुखको निर्वाचन पुस ३० मा

काठमाडौँ- प्रदेश १ मा पुस ३० गते उपसभामुखको निर्वाचन तोकिएको छ। प्रदेशसभा सचिवालयले उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बिहीबार सर्वदलीय बैठकबाट उपसभामुख निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेका छन्।

नवनिर्वाचित प्रदेशसभामुख बाबुराम गौतमले बिहीबारको प्रदेशसभा बैठकमा उपसभामुख निर्वाचनका लागि पुस ३० गते बिहान ११ बजेको समय तोकेपछि सचिव पराजुलीले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना सार्वजनिक गरेका हुन् ।

उपसभामुखको उम्मेदवारको प्रस्ताव शुक्रबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म प्रदेशसभा सचिवालयमा दर्ता गराउन समय दिएको छ।

उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध त्यही दिन साँझ ५ बजेदेखि पौने ६ बजेसम्म, उम्मेदवारी फिर्ता लिन साँझ ६ बजेदेखि ७ बजेसम्म र उपसभामुख उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित गर्ने कार्यक्रम सार्वजनिक भएको छ । उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभामा हुनेछ। प्रदेश १ मा सत्ता गठबन्धनबाट एमालेलाई सभामुख भागबन्डा गरिएको छ। तर एमालेले कसलाई उठाउँछ भन्ने अन्योल छ। प्रतिपक्षी नेपाली कांग्रेस पनि उम्मेदवार चयनको छलफलमा छ।

प्रकाशित: २९ पुष २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =