इलाममा योगेश भट्टराईमाथि आक्रमणको प्रयास, पहिचानवादीले देखाए कालो झण्डा

हिमाल प्रेस १४ असार २०८० १६:२९
12
SHARES
इलाममा योगेश भट्टराईमाथि आक्रमणको प्रयास, पहिचानवादीले देखाए कालो झण्डा

काठमाडौँ- नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास भएको छ। प्रदेश १ को नाम कोशी राखेको भन्दै पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन्।

भट्टराईलाई चोक बजारमा प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले कालो झण्डा देखाएका थिए।

भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौति विषयक अन्तरसंवाद कार्यक्रममा भाग लिन इलाम पुगेका थिए।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालोभण्डा प्रदर्शन गरेका थिए।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी डिल्ली घिमिरेले कालो झण्डा देखाउँदै विरोध गरेको र अहिले अवस्था सामान्य रहेको हिमालप्रेसलाई जानकारी दिए। ‘पहिचानवादीहरूले चोक बजारमा कालो झण्डा देखाउने काम गरेका हुन्,’ उनले भने, ‘अरू अप्रिय घटना केही भएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =