प्रदेश १ सभा बैठकमा ‘कोसी प्रदेश’मा मात्रै छलफल हुने

हिमाल प्रेस १७ फागुन २०७९ १६:०९
4
SHARES
प्रदेश १ सभा बैठकमा ‘कोसी प्रदेश’मा मात्रै छलफल हुने फाइल तस्बिर-हिमाल प्रेस

इटहरी– प्रदेश १ को प्रदेशसभा बैठकमा कोसी प्रदेशमा मात्रै छलफल हुने भएको छ। छलफलपछि आजै मतदान गर्ने तयारी भइरहेको बताइएको छ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत–लिम्बुवान–सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ।

नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ। यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ।

अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ। छलफलपछि मतदान हुने र आजै पास हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + one =