प्रदेश १ को नाम कोसी राख्‍ने प्रस्तावविरुद्ध प्रदर्शन

हिमाल प्रेस १७ फागुन २०७९ १९:१६
14
SHARES
प्रदेश १ को नाम कोसी राख्‍ने प्रस्तावविरुद्ध प्रदर्शन प्रदेश १ सभामा प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा छलफल भइरहँदा सभा भवनबाहिर विरोध प्रदर्शन गर्दै किरात र लिम्बू समुदायका स्थानीयवासी। फाइल तस्बिर-विवेक विवश रेग्मी/हिमाल प्रेस

इटहरी– प्रदेश १ को नामाकरण कोसी प्रदेश राखिएको भन्दै प्रदेशसभा विरोध प्रदर्शन भएको छ। बुधबार (आज) बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश नाम राख्न गरेको प्रस्ताव छलफलका लागि स्वीकृत गरेको थियो।

कोसी प्रदेशका लागि एमालेको प्रस्तावमा काग्रेसले समर्थन गरेको थियो भने माओवादीले पनि कोसी प्रदेशलाई मत दिएको छ।

यस्तै एकीकृत समाजवादीले किरात-लिम्बूवान-सगरमाथा नामको प्रस्तावलाई जनता समावादी पार्टी जसपाले समर्थन गरेको थियो। तर यो नाम अस्वीकृत गर्दै कोसीको पक्षमा मात्रै छलफल भएको छ।

प्रदेशको नामाकरण प्रस्ताव अघि-पछि विरोध हुनसक्ने अवस्था मध्यनजर गर्दै मोरङ जिल्ला प्रशासनले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित: १७ फागुन २०७९ १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =