लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, एमालेका लिला गिरीले नाम पेस गर्दै

हिमाल प्रेस २७ पुष २०७९ ८:२१
2
SHARE
लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, एमालेका लिला गिरीले नाम पेस गर्दै

काठमाडौँ- लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले अपराह्न चार बजे सम्म नेपालको संविधानको धारा १६८ को उपधारा९२० बमोजिम बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागी दावी पेस गर्न समय दिएका छन्।

सो समयभित्र नेकपा माओवादी केन्द्रलगायत अन्य दलको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस गरिने छ। त्यसपछी प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन्।

लुम्बिनीमा कुनैपनि दलको बहुमत नपुगेकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा९२० बमोजिम मुख्यमन्त्री नियुक्तीको लागि आह्वान गरेका थिए।

अब प्रदेश प्रमुखले दिएकै समय सिमा भित्र मुख्यमन्त्री नियुक्तीको दाबी पेश गरिने भएको छ। एक दिन अगाडि मंगलबार दाबी पेस गर्ने तयारी गरेपनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछी मंगलबार दावी पेस हुन नसकेको प्रदेश सभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थन बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्राब्धान छ। सोही प्राब्धान अन्तरगत प्रदेश प्रमुखले पुस २७ गते बुधबार अपराह्न ४ बजे सम्मको समयमा दाबी पेश गर्न समय दिइएको छ।

एमाले २९, माओवादी ९, राप्रपारनागरिक उन्मुक्ती ४र४, जनमत पार्टी र जसपा ३–३ सिट छ। यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चारएकिकृत समाजवादी एकरएक, लोकतान्त्रीक समाजवादी तीन, स्वतन्त्र ३ जना छन्।

 

प्रकाशित: २७ पुष २०७९ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =