प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै

हिमाल प्रेस २५ पुष २०७९ ८:३०
2
SHARE
प्रदेश १ का मुख्यमन्त्री कार्कीले शपथ लिँदै हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमबार हुने भएको छ। सोमबार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहीअनुसार उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सानो आकारको मन्त्रिमण्डल पनि आज नै विस्तार गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनमा भएका दलहरूलाई समेटेर उनले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।

प्रकाशित: २५ पुष २०७९ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =