विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री कार्कीले पठाए विपक्षीलाई पत्र

हिमाल प्रेस १४ असार २०८० १२:२५
10
SHARES
विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री कार्कीले पठाए विपक्षीलाई पत्र एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ– अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूलाई पत्र पठाएका छन्।

नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा कार्कीले विपक्षमा रहेका दलहरूलाई लिखित आग्रह गर्दै विश्वासको मत मागेका हुन् ।

एमालेको बुधबार बसेको संसदीय दलको बैठककाे निर्णयअनुसार प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरिएको छ।

पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा संघीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने पत्रमा उल्लेख छ । पत्रमा उनले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको उल्लेख गरेका छन् । माओवादी सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

 

प्रकाशित: १४ असार २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =