रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद मगर माओवादीमै फर्किए

हिमाल प्रेस २० पुष २०७९ १२:२५
4
SHARES
रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद मगर माओवादीमै फर्किए

काठमाडौँ- रोल्पा १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दीपेन्द्रले पार्टी छोडेको प्रति आत्मालोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएका छन्।

बुधबार उनलाई बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा लगाइदिएका थिए।

प्रकाशित: २० पुष २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =