उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस १३ चैत २०८० १९:२३
8
SHARES
उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी स्रोतले जानकारी दिए।

उपनिर्वाचनको तयारी, प्रदेशको भागबन्डा लगायत विषयमा छलफल हुनेछ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धीरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको कोशी प्रदेश इन्चार्ज हर्क नेम्वाङले दिएका छन्।

प्रकाशित: १३ चैत २०८० १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =