माओवादी केन्द्रको स्थायी समिति बैठक आज, के-के छन् एजेन्डा?

हिमाल प्रेस २६ माघ २०८० ७:४०
12
SHARES
माओवादी केन्द्रको स्थायी समिति बैठक आज, के-के छन् एजेन्डा?

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेदेखि बैठक सुरु हुने पार्टीका सचिव गणेश साहले जानकारी दिए। बैठक आज र भोलि दुई दिन चल्नेछ।

साहको भनाइमा फागुनको पहिलो हप्ता हुने प्रथम विधान अधिवेशनको तयारीका लागि स्थायी समिति बैठक बस्न लागेको हो।

आजको बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने पनि साहले बताए। मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने उनले बताए ।

उनले भने,‘अधिवेशनको एजेन्डामाथि छलफल गर्न दुई दिन स्थायी समिति बैठक बोलाइएको हो। मूल एजेन्डा मस्यौदामाथि छलफल हो। बैठकमा विशेष रूपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ।’

अधिवेशन तयारीबारे बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीहरूसँग छलफल गरेका थिए।

प्रकाशित: २६ माघ २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =