‘१२ गाउँ’ बाट डेब्यू गर्दै मोडल सनिशा

हिमाल प्रेस १८ वैशाख २०८१ ११:२०
16
SHARES
‘१२ गाउँ’ बाट डेब्यू गर्दै मोडल सनिशा

काठमाडौँ- फिल्म ‘१२ गाउँ’ बाट मोडल सनिशा भट्टराईले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन्। अभिनेता तथा निर्देशक बिराज भट्टले फेसबुकमा एक पोस्टमार्फत् फिल्ममा उनको अभिनय रहने जानकारी दिएका हुन्।

सनिशासँगको तस्बिर सेयर गर्दै भट्टले लेखेका छन् ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै। उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना।’ उनी फिल्मको मुख्य भूमिकामा देखिन लागेकी हुन्।

छोटो समयमै चर्चित बनेकी सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्यो’, ‘साइँली’, ‘लुम्बिनी कर्णाली’ जस्ता दुई दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन्।

यही फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल- २०२२ न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन्। भट्टका छोरा समीर पनि मुख्य भूमिकामा तय भैसकेका छन्।

फिल्ममा सन्तोष सरकारले कथा तथा पटकथा लेखेका छन्। छायांकनको तयारीमा रहेको यो फिल्म विराज स्वयंले निर्माण गर्नेछन्।

प्रकाशित: १८ वैशाख २०८१ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =