इलाम-२ मा डम्बरभन्दा सुहाङ २ हजार २ सय मतान्तरले अगाडि, तेस्रोमा डकेन्द्रले ४ हजार मत कटाए

हिमाल प्रेस १७ वैशाख २०८१ ६:१३
12
SHARES
इलाम-२ मा डम्बरभन्दा सुहाङ २ हजार २ सय मतान्तरले अगाडि, तेस्रोमा डकेन्द्रले ४ हजार मत कटाए

काठमाडौँ- इलाम २ मा अहिले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ निरन्तर अघि छन्। उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा २ हजार २ सय ८३ मतान्तरले अघि छन्।

सुहाङ ७ हजार ६ सउ ७७ मत ल्याएर अघि बढिरहेका छन् भने डम्बरले ५ हजार ३ सय ९५ मतले पछ्याइरहेका छन्।

यस्तै तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको ४ हजार ५८ मत छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुको १ हजार १ सय ६२ मत छ। हालसम्म फाकफोकथुम गाउँपालिका र चुलाचुली १ देखि ५ नम्बर वडाको मत गणना सकिएको छ। अब चुलाचुली ५ को गणना गरिनेछ।

प्रकाशित: १७ वैशाख २०८१ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =