आगलागीबाट निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको मृत्यु

हिमाल प्रेस १८ पुष २०७९ ९:०६
4
SHARES
आगलागीबाट निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङको मृत्यु प्रतीकात्मक तस्बिर

पोखरा- कास्कीको मादी गाउँपालिका–१, सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ।

आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए। उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरजकुमार २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ। कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे। उनका छोराबुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ। आगलागीबाट सँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए।

तौबहादुरको घरमा स्थानीय धनबहादुर गुरुङले किराना पसल सञ्चालन गर्दै आएका थिए। के कारणले आगलागी भएको भन्ने अहिलेसम्म खुलेको छैन। -रासस

प्रकाशित: १८ पुष २०७९ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =