सरकारबारे झलनाथको टिप्पणी : नेतृत्वमा वामपन्थी छन्, खुट्टा टेक्ने अर्कै खालका मान्छे

हिमाल प्रेस १७ पुष २०७९ २०:२४
72
SHARES
सरकारबारे झलनाथको टिप्पणी : नेतृत्वमा वामपन्थी छन्, खुट्टा टेक्ने अर्कै खालका मान्छे फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडी भनेर टिप्पणी गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ। यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ। वामपन्थीको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन्,’ उनले भने, ‘प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन्। उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन। झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन। उनीहरूले कार्यक्रम नल्याएसम्म पर्ख र हेरको अवस्थामा हुनेछौँ।’

उनले आफ्नो पार्टी वामपन्थीहरूको एकताको पक्षमा रहेको पनि बताए। यसअघिको सत्ता गठबन्धनमा एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, माओवादीलगायतका दल थिए। तर मंसिर चारको निर्वाचनपछि सरकार बनाउन नेकपा माओवादी र एमालेसहितकोसँग गठबन्धन बनाएको छ।

प्रकाशित: १७ पुष २०७९ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =