पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

हिमाल प्रेस २६ वैशाख २०८१ १०:३७
2
SHARE
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी- पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

मंगलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए।

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो। उनका दुई छोरा र एक छोरी छन्। मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा हुन्।

प्रकाशित: २६ वैशाख २०८१ १०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =