गुल्मीमा अक्सिजन उत्पादन भएपछि बिरामीलाई राहत

हिमाल प्रेस २९ मंसिर २०७९ २१:४२
8
SHARES
गुल्मीमा अक्सिजन उत्पादन भएपछि बिरामीलाई राहत

रेसुंगा– गुल्मी अस्पतालले प्लान्टको स्थापना गरेर अक्सिजन उत्पादन गरेपछि बिरामीहरूको उपचारमा सहज भएको छ। कोरोना महामारीको समयमा अक्सिजन अभाव हुँदा बिरामीले ज्यान गुमाउनुपरेपछि नेपाल पत्रकार महासंघ गुल्मी, जिल्ला उद्योग वाणिज्य संघ गुल्मी र नेपाल सरकारसमेतको पहल तथा सक्रियतामा प्लान्टको स्थापना भएको थियो।

गुल्मी अस्पतालमा एक वर्षअघिसम्म बुटवलबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता रहेकोमा हाल सो बाध्यता हटेको छ। गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले पहिला अक्सिजन बाहिरबाट ल्याउँदा ढुवानीको समस्या र धेरै बिरामी भर्ना गर्न नसकिने समस्या हुने गरेको बताए।

कोरोना महामारीको समयमा संघ संस्था र सरकारको सहयोगबाट जिल्लामै अक्सिजन उत्पादन हुँदा बिरामीलाई राहत भएको छ। ०७८ साल मंसिरबाट अक्सिजनको उत्पादन हुन थालेको हो।

अस्पतालमा अहिले दैनिक ४० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ। १ सिलिन्डरमा ६ हजार ५ सय लिटर अक्सिजन हुन्छ। अक्सिजन साना, मझौला र ठूला गरी ३ तहका सिलिन्डरमा भरिन्छ।
सानो ५ सय, मझौला १ हजार र ठूलो १ हजार २ सयमा बिक्री गरिन्छ। तर अस्पतालले सेवामूलक तरिकाले मात्र अक्सिजन उत्पादन गर्दै आएको छ।

प्रकाशित: २९ मंसिर २०७९ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =