काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २१ जना घाइते

हिमाल प्रेस २७ मंसिर २०७९ २३:०७
14
SHARES
काभ्रे बस दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २१ जना घाइते काभ्रेको बेथानचोक गाउँपालिका–४ मा भएको बस दुर्घटनाका घाइतेलाई बनेपास्थित सिर मेमोरियल अस्पतालमा उपचार गरिँदै। तस्बिर : रासस

काभ्रे- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन्।

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ। बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल लगिएको छ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो। मृतकको पहि चान हुन सकेको छैन। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष अधिकारीले भने, ‘बस तीव्र गतिमा थियो। बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो।’

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोतसाधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ। रासस

प्रकाशित: २७ मंसिर २०७९ २३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =