जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

हिमाल प्रेस २२ मंसिर २०७९ १०:३२
2
SHARE
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बिहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ। २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो।

प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ। जनमतका अध्यक्ष सिके राउतले सप्तरी १ बाट निर्वाचित भएका थिए भने समानुपातिक ५ जनाको नाम केन्द्रीय समिति बैठकले टुंग्याएर निर्वाचन आयोगलाई बुझाउने छ।

प्रकाशित: २२ मंसिर २०७९ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =