भीम रावलको प्रश्न : दार्चुलामा भारतले महाकालीको धार परिवर्तन गरिरहँदा देउवा किन चुइँक्क बोल्दैनन्?

हिमाल प्रेस २० मंसिर २०७९ ८:२४
326
SHARES
भीम रावलको प्रश्न : दार्चुलामा भारतले महाकालीको धार परिवर्तन गरिरहँदा देउवा किन चुइँक्क बोल्दैनन्?

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नदीको बहाव नेपालतिर धकेल्नेगरी भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा तटबन्ध बनाइरहँदा सरकारले कुनै प्रतिक्रिया नजनाउनु लज्जाजनक भएको बताएका छन्।

स्थानीयहरू प्रतिकारमा उत्रिँदा पनि सरकारले केही नबोलेको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रम देउवा, रक्षा, गृह र परराष्ट्र मन्त्रालय चुइँक्क नबोल्नु लज्जाजनक। दुई देशबीचको यति गम्भीर विषय प्रजिअले हेरेर हुने होइन, प्रम र मन्त्रालय देशप्रति जिम्मेवार होऊ।’

प्रकाशित: २० मंसिर २०७९ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =