इलाम प्रकृति र संस्कृतिमा धनी जिल्ला : उपराष्ट्रपति पुन

हिमाल प्रेस १८ मंसिर २०७९ २१:०५
8
SHARES
इलाम प्रकृति र संस्कृतिमा धनी जिल्ला : उपराष्ट्रपति पुन

इलाम– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मुन्धुम र किरात धर्म-संस्कृतिले सदियौँदेखि मानव सभ्यता चिनाउँदै आएको बताएका छन्। इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९औँ जन्मोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

किरातको अलिखित धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा भएको उनको भनाइ छ। ‘विविधताबीचको एकता नै नेपालीको मुख्य पहिचान हो.’ उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा जातीय विविधता, भाषिक, सांस्कृतिक विविधिता छ, सहिष्णुता छ।’

उनले इलाम प्रकृति र संस्कृतिको धनी जिल्ला भएकोसमेत बताएका छन्। ‘इलाम प्राकृति र सांस्कृतिक रूपमा समृद्ध छ। आदिमकालदेखि किरातीको बसोबास भएको यो ठाउँ धर्म, भाषा, लिपि, संस्कृति र सभ्यतामा समृद्ध छ,’ उनले भने।

किरात धर्मगुरुका प्रगतिशील धारणाबारे उनले प्रशंसा गर्दै मुन्धुम सबै नेपालीको जीवन दर्शन रहेको स्पष्ट पारे।

उनले निर्वाचनमा सहभागी भएर मताधिकार प्रयोग गरेको भन्दै मतदातालाई बधाई, नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना र निर्वाचन आयोगका सबै कर्मचारी साथै सुरक्षा निकायका अधिकारीहरूप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७९ २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =