माओवादीले एमालेसँग संवाद गर्ने भनेर हल्ला फैलाइयो : महासचिव गुरुङ

हिमाल प्रेस १८ मंसिर २०७९ १७:४५
14
SHARES
माओवादीले एमालेसँग संवाद गर्ने भनेर हल्ला फैलाइयो : महासचिव गुरुङ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफ्नो पार्टीले तत्कालै सत्तागठबन्धनको विकल्प नखोजेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन्।

‘अहिले हामीले सत्तागठबन्धनको विकल्प खोजेका छैनौं। गठबन्धनमा नै बसेर नै सरकार गठनको टुंगोमा पुग्ने हाम्रो तयारी छ। हामीले एमालेसँग संवाद गर्ने भनेका छैनौं, यो कसले कुन प्रशंगमा हल्ला चलाएको मात्र हो,’ महासचिव गुरुङले भने।

आइतबार बसेको बैठकमा आगामी सरकार गठनको विषयमा छलफल नभएको उनले बताए। ‘माओवादीले अहिले तत्कालै गठबन्धन छोड्ने छैन। गठबन्धनमा नै रहेर अगाडि बढ्ने छ। बैठकमा पनि यस्तै कुरा भएको छ,’ उनले भने, ‘भोलि बस्ने गठबन्धनको बैठकमा सरकार कसरी बनाउने भन्ने विषयमा छलफल हुन्छ। एमालेसँग संवाद गर्ने माओवादीको तयारी छैन।’

हालै सम्पन्न निर्वाचनको समीक्षा र भावी राजनीतिक रणनीति तय गर्नका लागि शनिबार पनि माओवादीको बैठक बसेको थियो। आइतबारको बैठक पनि सोही बैठकको निरन्तरता भएको गुरुङले जानकारी दिए।

अहिलेको निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएकाले आगामी सरकारमा विभिन्न राजनीतिक दलको गठबन्धनमा नै सरकार बन्ने देखिएको उनले बताए।

‘कांग्रेससँग बार्गेनिङ गर्न एमालेसँग संवाद हुने माओवादीले बताएको हो?,’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले एमालेसँग संवादको कुनै प्रशंग नै नभएको स्पष्ट पारे।

प्रकाशित: १८ मंसिर २०७९ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =