लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते

हिमाल प्रेस १४ पुष २०७९ ८:३६
4
SHARES
लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गते

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको राजधानी दाङ, देउखुरीमा नवनिर्मित प्रदेशसभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रदेशसभा सदस्यहरूको शपथ भने पुस १७ गते हुँदैछ। लुम्बिनीमा प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने छन्। अधिवेशनको अधिकांश तयारी अन्तिम चरणमा पुगेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३–३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सांसद रहेका छन्।

प्रकाशित: १४ पुष २०७९ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =